वीरगन्ज :

रौतहटमा करेन्ट लागेर ५२ वर्षीय देवानकाे मृत्यु

श्रेणी : मधेस

14 hours
Pradeep Sah
2.7kViews
1182 Shares

रौतहट,०६ साउन । रौतहटमा करेन्ट लागेर एक किसानको ज्यान गएको छ।

मृत्यु हुनेमा कटहरिया नगरपालिका–२ जमुनियाका ५२ वर्षीय मोक्तार देवान रहेका छन्। मंगलबार दिउँसो आफ्नै खेतमा सिँचाइका लागि जडान गरेको विद्युतीय मोटरको तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।

घाइते देवानलाई तत्कालै गरुडा स्थित ग्राण्डी अस्पतालमा उपचारका लागि पुर्‍याइएको भए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *