वीरगन्ज :

रौतहटमा करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु

श्रेणी : मधेस

1 week
Pradeep Sah
2.7kViews
1614 Shares

रौतहट,०७ असार । रौतहटको फतुवा विजयपुर नगरपालिका–९ रामदासी गाउँमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। आफ्नै खेतमा पानी तान्ने क्रममा विद्युत पोलबाट तार जडान गर्ने प्रयास गर्दा २२ वर्षीय सावल कुशवाहाको घटनास्थलमै निधन भएको हो।

इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद यादवका अनुसार, कुशवाहा शुक्रबार राति खेतमा पानी सिंचाइ गर्न मेसिन जडान गर्ने क्रममा विद्युत पोलमा करेन्ट लागेको तार समाउँदा दुर्घटनामा परेका थिए।

प्रहरीले कुशवाहाको मृत्यु तत्कालै भएको पुष्टि गरेको छ। उनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।

स्थानीय क्षेत्रमा खेतमा सिँचाइका लागि विद्युत पोलबाट अवैध रूपमा तार जडान गर्ने प्रवृत्तिका कारण यस्ता दुर्घटना बढ्दो छन्। प्रहरीले यसप्रकारको असुरक्षित विद्युत प्रयोग नगर्न सर्वसाधारणलाई सचेत गराउँदै आएको छ।

इलाका प्रहरी कार्यालय विजयपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *