वीरगन्ज :

रौतहटबाट १८ लाख ४३ हजार नक्कली नोटसहित एक युवक पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.0kViews
1951 Shares

वीरगंज । जिल्ला प्रहरी कार्यालय रौतहटले १८ लाख रुपैयाँ भन्दा बढीको नेपाली नक्कली नोट सहित एक युवकलाई पक्राउ गरेको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका ८ पटेल चोकबाट गुजरा नगरपालिका वडा नम्बर ५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादवलाई १८ लाख ४३ हजार रुपैयाँको नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको हो ।

सवारी चेकजाँचको क्रममा प्रहरीले यादवको साथबाट १ हजार ८४३ थान १ हजार दरको नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

नक्कली नोट सहित पक्राउ परेका यादवलाई मुद्रा सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अगाडि बढाएको डिएसपी गिरीले बताइन् ।

यादवको साथबाट विभिन्न बैंकको ५ थान एटिएम कार्ड र १६ लाख ६५ हजार उल्लेख भएको चेक समेत बरामद भएको छ । कालिक टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *