वीरगन्ज :

रौतहटको मौलापुरमा ११ फागुनदेखि मधानी महायज्ञ शुरू हुदै

श्रेणी : धर्म संस्कृति

2 months
Pradeep Sah
2.5kViews
1786 Shares

रौतहट,२३ माघ । रौतहटको मौलापुर नगरपालिकामा यस वर्ष पनि भव्य रूपमा मधानी महायज्ञ आयोजना हुने भएको छ। आगामी ११ फागुनदेखि सुरु हुने पाँच दिने महायज्ञको तयारी तीव्र रूपमा भइरहेको मौलापुर नगरपालिकाकी प्रमुख रिना साहले जानकारी दिएकी छन्।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम तालिका सार्वजनिक गर्दै प्रमुख साहले यस वर्षको महायज्ञलाई विशेष बनाउने तयारी गरिरहेको बताइन्।

हिन्दी तथा भोजपुरी सिने जगतका चर्चित कलाकार रवि किशन, निर्माता तथा विधायक विनय बिहारी, अभिनेता रितेश पाण्डेसहित मिंटुवा भोजपुरीया, गायक सुनिल पण्डित, गायिका अनु चौधरी, रचना सिवाकोटी, प्रीति आर्या पासवानलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ।

पत्रकार सम्मेलनमा प्रमुख साहले मौलापुरको ऐतिहासिक पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसँग माग गरिन्। उनले मन्दिरको उचित संरक्षणका लागि सरकारलाई विशेष ध्यान दिन आग्रह गरिन्।

महायज्ञको पहिलो दिन विशेष उद्घाटन समारोह हुनेछ भने दोस्रो दिन शिव बारात यात्रा आयोजना गरिनेछ। तेस्रो दिन मधानी विशेष पूजा, चौथो दिन सांस्कृतिक कार्यक्रम र अन्तिम दिन मधानी विशेष दङ्गल कार्यक्रम हुनेछ।

आयोजकका अनुसार महायज्ञलाई व्यवस्थित बनाउन विभिन्न समितिहरू गठन गरी तयारी तीव्र पारिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *