वीरगन्ज :

रौतहटका १० निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

श्रेणी : मधेस

5 months
Pradeep Sah
2.1kViews
1758 Shares

 रौतहट, १८ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले रौतहटको चन्द्रपुरमा सञ्चालनमा रहेका १० वटा निजी अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन्। शनिबार अस्पतालहरूको स्थलगत निरीक्षण गरेपछि उनले अवैध र अनधिकृत रुपमा सञ्चालित अस्पताललाई बन्द गर्न आदेश दिएका हुन्।

चन्द्रपुर नगरपालिकामा रहेका हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर, सिभिल हयुमन होस्पिटल एन्ड रिसर्च सेन्टर, पब्लिक लाइफ केयर पोलिक्लिनिक, हिमालयन पोलिक्लिनिक चन्द्रपुर प्रालि, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एन्ड जनरल हस्पिटल प्रालि, चन्द्रपुर सामुदायिक हस्पिटल, चन्द्रपुर आँखा तथा दन्त उपचार केन्द्रलाई मापदण्ड पुरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको हो।

मुख्यमन्त्री सिंहले अस्पतालहरू दर्ता नभएसम्म भर्ना भएका बिरामीलाई अन्यत्र स्थानान्तरण गरेर पैसा तिराउने काम नगर्न पनि निर्देशन दिएका छन्। उनले यस विषयमा लिखित पत्र पनि जारी गरेका छन्।

उनले अस्पतालहरूलाई मापदण्ड र दर्ता प्रक्रियाको पालना गर्नका लागि समयसीमा तोक्दै, कागजी प्रक्रिया पूरा नगरेसम्म अस्पताल सञ्चालन गर्न नदिने चेतावनी दिएका छन्। ११ वटा अस्पतालको अनुगमन गर्दा केवल चन्द्रपुर हस्पिटल प्रालिले मात्रै मापदण्ड र दर्ता पूरा गरेको पाइयो।

मुख्यमन्त्री सिंहले अस्पतालहरूको अनुमति बेड संख्या अनुसार १० प्रतिशत इमरजेन्सी बेड र १० प्रतिशत गरिब, दलित र लक्षित वर्गलाई उपचारमा छुट दिने कानूनी व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

यसअघि उनले जनकपुर र वीरगन्ज लगायतका स्थानमा अनुगमन गर्दै ३ दर्जन भन्दा बढी निजी अस्पताललाई प्रक्रिया पूरा नगरेको भन्दै बन्द गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *