
श्रेणी : मधेस
वीरगन्ज,२७ माघ । पर्साको ठोरी गाँउपालिका वडा नम्बर २ मा रहेको ठोरी जंगल रिसोर्टको तेस्रो बार्षिकोत्सवमा आइतबार आयोजित वक्तृत्वकला प्रतियोगितामा रोशिका विष्ट प्रथम भएकी छन् ।
रिसोर्टकै सभाकक्षमा आयोजित ‘स्थानीय पर्यटनको प्रबद्र्धनमा हाम्रो भुमीका’ शीर्षक वक्तृत्वकला प्रतियोगितामा ठोरीको सरस्वती माविकी छात्रा विष्ट प्रथम भएकी हुन् । यस्तै नेपाल राष्ट्रिय मावि ओडारकी छात्रा भावना खड्का द्वितीय र विजयवस्ती माविकी छात्रा प्रतिमा श्रेष्ठ तृतीय भएकी छन् । उक्त प्रतियोगितामा ठोरीका ५ वटा सामुदायिक विद्यालयका विधार्थीले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम हुन सफल विष्टलाई ३ हजार १ सय, दोस्रो भएकी खड्कालाई नगद २ हजार १ सय र तेस्रो भएकी श्रेष्ठलाई १ हजार १ सय रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको रिसोर्टका सञ्चालक एंव पर्यटन व्यवसायी सुदीप थापाले जानकारी दिए ।
रिसोर्टको तेस्रो स्थापना दिवसकै अवसरमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो भने सोमबार विविध कार्यक्रम गरेर बार्षिकोत्स कार्यक्रम समापन गरिने थापाले जानकारी दिए ।

प्रतिक्रिया