वीरगन्ज :

रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

श्रेणी : खेलकुद

3 years
birgunj report
69Views
0 Shares

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन्। उनी सन् २०२५ सम्मका लागि उक्त क्लबमा अनुबन्धित भएका हुन्। कतारमा आयोजित विश्वकपअघि म्यानचेस्टर युनाइटेड र रोनाल्डो उनीहरुबीचको सम्झौता रद्द गर्न तयार भएका थिए। त्यसपछि उनी फ्रि एजेन्टको रुपमा थिए।

बीबीसीका अनुसार रोनाल्डो फुटबल इतिहासकै कीर्तिमानी तलबमा साउदी क्लबमा जोडिएका हुन्। उनले यो क्लबमा रहँदा वार्षिक १७ करोड ७० लाख पाउण्डभन्दा धेरै रकम पाउने बीबीसीले उल्लेख गरेको छ। ३७ वर्षीय रोनाल्डोले फरक मुलुकमा नयाँ लिगको अनुभव बटुल्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्।

नौ पटक साउदी प्रो लिग च्याम्पियन्स जितेको अल नासरले यो सम्झौताले नयाँ इतिहास बनाएको बताएको छ। गत समरमा साउदी क्लब अल हिलालले उनलाई ३० करोड ५० लाख पाउण्डमा अनुबन्धन गर्ने प्रस्ताव गरेको थियो। तर, रोनाल्डोले आफू युनाइटेडमा खुसी रहेको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *