वीरगन्ज :

रोट्रयाक्ट क्लबद्वारा विद्यार्थीहरुलाई टोपी वितरण

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.6kViews
1439 Shares

वीरगंज । रोट्रयाक्ट क्लब अफ वीरगंजले विद्यार्थीहरुलाई टोपी वितरण गरेको छ । क्लबले वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३० स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रसोतीपुरका विद्यार्थीहरुलाई टाेपी वितरण गरेकाे हाे ।

एक कार्यक्रमका बिच रोट्रेक्ट क्लब अफ वीरगंजका अध्यक्ष सन्नी सर्राफले विद्यालयका प्रधानाध्यापक जोगिन्द्र पण्डित कुमाललाई विद्यार्थीहरुको लागि २५० वटा न्यानो टोपी हस्तान्तरण गरेका हुन् । चिसाेलाई मध्यनजर गर्दै विद्यार्थीहरुकाे लागि विद्यालयलाई टाेपी हस्तान्तरण गरिएकाे अध्यक्ष सर्राफले वताए ।

टोपी हस्तान्तरण कार्यक्रममा रोट्रेक्ट क्लब अफ वीरगंजका पूर्व अध्यक्ष आयुष गुप्ता, उपाध्यक्ष योगेश जैसवाल, सचिव विवेक पटेल, आकाश कलवार, राज सर्राफ, नीरज कुश्वाहा, अशिष श्रेष्ठ, राहुल कुश्वाहा, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विरेन्द्र यादव, अलि हुसैन लगायत रोट्रेक्ट क्लब अफ वीरगंजका सदस्यहरुको उपस्थिति रहेको थियो । कालिक टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *