
श्रेणी : समाज
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार तारा एयरले डेमो उडान गरेको छ। रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण भएको विमानस्थलमा आइतबार मध्यान्ह तारा एयरको ट्वीनअटर जहाज अवतरण गरेको हो ।
आफ्नो नगरपालिकामा बनेको विमानस्थलमा पहिलोपटक जहाज अवतरण गरेको खुसीयालीमा रेसुंगा नगरपालिकाले नगरपालिकामा सार्वजनिक बिदा दिएको छ। जहाज अवतरण गरेको हेर्न गुल्मी र अर्घाखाँचीका सर्वसाधारण रेसुंगा विमानस्थल पुगेका थिए ।
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाहज ५० मिनेटमा रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो। जहाजमा पूर्वमन्त्री प्रदीप ज्ञवाली, रामकुमारी झाँक्री, प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, प्रदेशसभा सदस्य धनेन्द्र कार्की, तारा एयर र नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरु रहेका थिए ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट ५ किलोमिटर दुरीमै रहेको रेसुङ्गा विमानस्थलबाट अब तारा एयरले नियमित उडान गर्ने जनाएको छ।





प्रतिक्रिया