
श्रेणी : BANNER
79Views
0
Shares
काठमाडौं । रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्धको रिट सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको छ । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा रिट दिएकी थिइन् ।
सरकारले चौधरीलाई आम माफी दिने तयारी गरेपछि शारदा रिट लिएर सर्वोच्च पुगेपनि त्यस दिन दर्ता भएको थिएन । चौधरी सोमबार माफी पाएर जेलमुक्त भइसकेका छन् । रिटको पेशी बुधबारका लागि तोकिएको छ ।

प्रतिक्रिया