वीरगन्ज :

रेशम चौधरीको उम्मेदवारी खारेज

श्रेणी : BANNER

3 years
birgunj report
25Views
0 Shares

बर्दिया । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । फौजदारी अभियोग लागेका चौधरी काठमाडौंस्थित डिल्ली बजार जेलमा रहेका छन् ।

चौधरीले आफ्ना प्रतिनिधि झकुप्रसाद चौधरीमार्फत उम्मेदवारी दर्ता गराएका थिए । तर उनको उम्मेदवारी विरुद्ध नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

अघिल्लो निर्वाचनमा चौधरीले कैलाली क्षेत्र नं १ बाट विजयी भएका थिए । सो क्षेत्रमा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएकी छन् ।

टीकापुर घटनामा जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका चौधरीले डिल्लीबजार कारागारमा बसेर आफूमाथिको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *