वीरगन्ज :

रेडियो वीरगंजको बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम, २४५ जनाले गरे रगत दान

श्रेणी : BANNER

1 year
Pradeep Sah
160Views
2 Shares

वीरगंज (पर्सा), २३ मंसिर । मध्यतराइकै पहिलो रेडियो ‘रेडियो वीरगंज ९९ मेगाहर्ज’ ले आफनो प्रसारणको २१ वर्ष पुरा गरि २२ औँ बर्षमा प्रवेश गरेको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिवार विहान ८ बजेदेखि आयोजित रक्तदान कार्यक्रममा २४ महिला तथा २ सय २१ पुरुष गरि २ सय ४५ जनाले रक्तदान गरेका हुन् । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले रक्तदान गरि शुभारम्भ गरेको कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंह, पूर्वमन्त्री कलावती पासवान, वीरगंज उद्योग वाणिज्य संघ उपाध्यक्ष मनोज दास, सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल लगायतले रक्तदान गरेका थिए ।

कार्यक्रमको शुभारम्भ गर्दै वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले जनतालाई सूचना, मनोरञ्जनसँग सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत रेडियो वीरगंजको महत्वपूर्ण योगदान रहेको बताउँदै समाज परिवर्तनको दिशामा रेडियोको भूमिका अझ महत्वपूणर् बन्ने अपेक्षा आफूले लिएको बताए । रक्तदान कार्यक्रममा विशेष गरी नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति एवं युवा नेता लोकेश सिंह, जसपाका युवा नेता ईश्वर यादव, पन्नालाल लगायतको विशेष भूमिका रहेको थियो ।

कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका वाणिज्य दुत देवी सहाय मिना, तरुण कुमार, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अजय चौरसिया, प्रदेश सभा सदस्य श्याम पटेल, प्रदेश सभाका पूर्व सदस्य राजेश्वर साह तेली, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, वाराका प्रहरी उपरीक्षक सरेश काफ्ले, पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य, सशस्त्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रकी सयोजक मधु राणा, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, तेली कल्याण समाजका केन्द्रिय अध्यक्ष विश्वनाथ साह, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, जिल्ला अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय महासचिव राम कुमार एलन, मानव सेवा आश्रमका प्रदेश संयोजक देवेश गुप्ता, सामाजिक अभियनता प्रकाश थारु, जनमत पार्टी पर्साका ओम प्रकाश सर्राफ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन गर्दै रेडियो वीरगंजका अध्यक्ष ध्रुव साहले रक्तदान कार्यक्रममा सहभागि सम्पूणर्लाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । उनले छोटो समयमा गरिएको तयारीमा रक्तदाताहरुको उल्लेख्य उपस्थितिले आफूलाई थप उर्जा मिलेको बताए । सो अवसरमा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका इन्चार्ज सौरभ राज पाण्डेले अध्यक्ष साहलाई प्रमाण पत्र प्रदान गरेका थिए भने साहले इन्चार्ज पाण्डे सहित रक्तदान कार्यक्रमका लागि प्राविधिक सहयोग पुर्‍याउने केन्द्रका १३ जना कर्मचारीलाई मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *