वीरगन्ज :

रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णा ताम्राकारको निधन

श्रेणी : समाज

2 years
birgunj report
39Views
0 Shares

काठमाडौं। रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ। बिहीबार राति १० बजे न्यूरो अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो। ८६ वर्षीय उनी क्यान्सर रोगले पीडित थिइन्।

२०१८ जेठमा नेपाल एयरलाइन्सको जागिर छाडेर उनले रेडियो यात्रा थालनी गरेकी थिइन्। रुचिको क्षेत्र भएका कारण मासिक १७५ रुपैयाँबाट १२५ रुपैयाँ तलबमा घटेर गएकी उनलाई रेडियोले नै लोकप्रियता दिएको थियो।

रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाएकी उनका थुप्रै प्रशंसक बनेका थिए। बनेपामा जन्मिएकी उनी पछिल्लो समय विश्रममा थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *