वीरगन्ज :

रूसी हवाई आक्रमणमा सिरियामा १३ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
33Views
0 Shares

विद्रोहीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा भएको रूसी हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । इदलिब क्षेत्रको जिस्र–अल–शुगुरमा रहेको फलफूल तथा तरकारी बजारमा दुई बालबालिकासहित कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स समूहका प्रमुख रामी अब्देल रहमानले यो वर्ष सिरियामा भएको सबैभन्दा घातक आक्रमण भएको बताए ।

राष्ट्रपति बसर अल असदको शासनलाई समर्थन गर्ने रूसी सेनाले गत हप्ता विद्रोहीले गरेको ड्रोन आक्रमणमा दुई बालबालिकासहित चार सर्वसाधारणको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ । सिरियाली राष्ट्रपतिलाई लामो समयदेखि विद्रोहीविरूद्धको अभियानमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *