वीरगन्ज :

रुसी सेनाबाटै देशको स्थायित्व प्रत्याभूत हुने राष्ट्रपति पुटिनको भनाई

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
78Views
0 Shares

राष्ट्रपति भ्लादिमिर पुटिनले देशको स्थायित्व रुसी सेनाबाटै प्रत्याभूत हुने बताएका छन् । युक्रेनमा आक्रमण सुरु भएको एक वर्षपछि उनले हतियार उत्पादन बढाउने वाचा गरेका छन् ।

‘डिफेन्डर अफ द फादरल्याण्ड डे’ का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले आधुनिक, कुशल स्थल र नौसेना देशको सुरक्षा र सार्वभौमसत्ता प्रत्याभूत गर्ने शक्ति भएको उल्लेख गर्दै देशको राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिश्चित हुने बताए ।

देशको प्रतिरक्षा क्षमता विस्तारलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले सशस्त्र सेनाका सबै डफ्फाको सन्तुलित विकास गरी सञ्चार उपकरण, ड्रोन र तोपखाना प्रणालीलाई अझ सुदृढ तुल्याएर सञ्चालन गर्ने बताए ।

राष्ट्रपति पुटिनले युक्रेनमा साहसपूर्वक लडिरहेका फौजको प्रशंसा गर्दै मुलुकको ऐतिहासिक भूमिमा जनताको रक्षा गर्ने सैनिक अटुट एकताका सूत्र भएको बताए । एकता नै विजयको द्योतक हुने उनले बताए । राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *