वीरगन्ज :

रुससँगको युद्धमा आवश्यक पर्दासम्म अमेरिका युक्रेनसँग रहन्छः बाइडेन

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
29Views
0 Shares

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै युक्रेनमा स्वतन्त्रताका लागि भएको लडाइँले आउँदा पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताएका छन् ।

जेलेन्स्कीले सबै प्रतिकूलताका विरुद्ध युक्रेन जीवित रहेको र मुकाबला गरिरहेको बताए । जेलेन्स्कीले अमेरिकी जनता र कङ्ग्रेसलाई उनीहरूको सहयोगप्रति धन्यवाद दिए । उनले खुला रूपले सोच्ने विश्वसामु रुसी अत्याचारले नियन्त्रण गुमाएको र युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने बताए ।

त्यसअघि राष्ट्रपति बाइडनले युक्रेनलाई थप सैन्य सहायताका रूपमा झण्डै दुई अर्ब अमेरिकी डलर दिने पुष्टि गरे जसमा युक्रेनले माग गरिरहेको अमेरिकी पेट्रोइट भनिने जमिनदेखि हवाई प्रहारको क्षेप्यास्त्र प्रहार सम्बन्धी प्रणाली समेत छ ।

यसअघि बुधबार बोलेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धका लागि आफ्नो देशलाई दोष दिन नहुने बताएका थिए । बाइडनले युक्रेनका लागि व्यापक सहायताका रूपमा नयाँ वर्षमा झण्डै ४५ अर्ब डलरको सहायताको समेत बाचा गरेका छन् जसलाई कङ्ग्रेसले स्वीकृति दिन बाँकी छ ।

बाइडनले जेलेन्स्कीलाई रुससँगको युद्धमा आवश्यक पर्दासम्म अमेरिका युक्रेनसँग रहने बताए । ‘तपाईँ कहिल्यै एक्लै उभिनुहुनेछैन,’ ह्वाइटहाउसमा बाइडनले जेलेन्स्कीलाई भने । जेलेन्स्की युक्रेनमा रुसले अतिक्रमण सुरु गरेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *