वीरगन्ज :

रुसले ऊर्जा केन्द्र लक्षित आक्रमणपछि युक्रेनीहरूलाई सबै उपकरण चार्ज गर्न आह्वान

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
28Views
0 Shares

युक्रेनको राष्ट्रिय ऊर्जा कम्पनीले त्यहाँका आम नागरिकहरूलाई सबै विद्युतीय उपकरणहरू चार्ज गर्न आह्वान गरेको छ।

रुसी क्षेप्यास्त्र आक्रमणका कारण विद्युत् कटौती हुने अपेक्षा गरिएको छ । ऊर्जा केन्द्रहरूमा बुधबार फेरि पनि रुसले क्षेप्यास्त्र आक्रमण गरेको छ ।

ऊर्जा केन्द्र लक्षित यस्ता आक्रमणको शृङ्खला अक्टोबर १० देखि जारी छ । एकै पटकमा चार घण्टाभन्दा बढी विद्युत् कटौती हुनुले बिहीबार देशभर असर गर्ने ऊर्जा केन्द्र सञ्चालन गर्ने युक्रेनेर्गोले जनाएको छ ।

उक्त कम्पनीले फोन, पावर ब्याङ्क, टर्च र ब्याट्रीहरू चार्ज गर्न आह्वान गरेको हो । सञ्चालकले युक्रेनी सर्वसाधारणहरूलाई पानीको भण्डारण गर्न र आफूलगायत परिवार तथा आफन्तका लागि न्यानो मोजा र कम्ब भएको सुनिश्चित् गर्न अपील गरेको छ ।

यसअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हवाई आक्रमणबाट ३० प्रतिशत युक्रेनी ऊर्जा केन्द्रहरूमा क्षति पुगेको बताए ।

युक्रेनेर्गोका अनुसार गत फेब्रुअरी २४ यता रुसले आक्रमण गरेपछिको अवधिको तुलनामा गत दश दिनमा विद्युत् केन्द्रहरूमा अत्यधिक आक्रमणहरू भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *