वीरगन्ज :

रुपन्देही ३ (२) मा एमालेका तुलसीप्रसाद चौधरी विजयी

श्रेणी : BANNER

3 years
birgunj report
26Views
0 Shares

बुटवल । रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत प्रदेशसभा २ मा नेकपा (एमाले)का तुलसीप्रसाद चौधरी निर्वाचित भएका छन् ।

नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र ढकालाई दुई सय १ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्यमा विजयी भएका मुख्य निर्वाचन अधिकृत रामकृष्ण कोइरालाले जानकारी दिए ।

एमालेका उम्मेदवार चौधरीले १६ हजार तीन सय ९४ मत प्राप्त गरे भने कांग्रेसका ढकालले १६ हजार एक सय ९३ मत ल्याए ।

रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा भने मतगणना जारी छ । यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा र गृहमन्त्री बालकृष्ण खाणबीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *