वीरगन्ज :

रुपन्देही-२ मा सत्ता गठबन्धनले बल्ल पायो उम्मेदवार

श्रेणी : BANNER

3 years
birgunj report
31Views
0 Shares

बुटवल । सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गरेसँगै रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारविहीन बनेको सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापालाई सघाउने भएको छ ।

सत्ता गठबन्धनका नेताहरुले संयुक्त विज्ञप्ति जारी गरी रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार थापालाई साझा उम्मेदवारको रुपमा समर्थन गर्ने निर्णय भएको उल्लेख गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलबिरुद्ध सत्ता गठबन्धनले नेकपा एकीकृतका नेता राजु गुरुङलाई उठाएको थियो। कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकोले उम्मेदवार हुन अयोग्य भन्दै गुरुङको उम्मेदवारी सर्वोच्चले खारेज गरिदिएपछि सत्तागठबन्धन उम्मेदवारविही बनेको थियो ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेललाई जसरी पनि हराउने अभियानमा लागेको सत्ता गठबन्धनले विकल्पको रुपमा थापालाई समर्थन गर्ने निर्णय गरेको हो ।

आफूलाई सघाए बापत जनमुक्ति पार्टीले लुम्विनी प्रदेशसभामा उम्मेदवार बनेका निर्वाचन क्षेत्रका क र ख का दुवै उम्मेदवारहरुको उम्मेदवारी निस्कृय बनाउने र जिल्लाका अन्य प्रतिनिधिसभाका उम्मेदवारहरुलाई जनमुक्ति पार्टीले सघाउने सहमति भएको थापाले बताए ।

२०४४ सालमा प्रगतिशिल विद्यार्थी संगठनको ईकाई कमिटी हुँदै माक्सवादी राजनीतिको यात्रा सुरु गरेका थापा २०५१ सालबाट जनमुक्ति पार्टीमा प्रवेश गरेका थिए ।

बुटवल-८ का स्थायी बासिन्दा थापा पार्टीको चौथो र पाँचौं महाधिवेशनबाट २ कार्यकाल महासचिव भएका थिए भने २०७८ साल भदौमा भएको छैठौ महाधिवेशन यता पार्टीको कार्यकारी अध्यक्ष छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *