वीरगन्ज :

रुपन्देही-१ बाट घनश्यामको स्वतन्त्र उम्मेदवारी घोषणा

श्रेणी : BANNER

3 years
birgunj report
13Views
0 Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भूसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी भूसालले प्रतिनिधिसभाका लागि रुपन्देही १ बाट उम्मेदवारी घोषणा गरेका हुन्। उनी स्वतन्त्र भने पनि गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्।

उनले आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने बताएका छन् । उनले आफू वाम लोकतान्त्रिक उम्मेदवार भएको दाबीसमेत गरेका छन्। रुपन्देही १ मा माओवादीको भाग परेको थियो । भूसालले एमाले जड पार्टीका रुपमा विकसित हुँदै गएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *