वीरगन्ज :

रुख, कलम र हँसिया हथौडामा भोट हाल्न अलमल गर्नुपर्दैनः प्रधानमन्त्री

श्रेणी : राजनीति

2 years
birgunj report
17Views
0 Shares

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको बताएका छन् । विराटनगरमा शनिबार आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट पारे ।

प्रधानमन्त्री देउवाले आशन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्दै भने, “विकास र परिवर्तनका निम्ति यो गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ ।” रुख, कलम र गोलाकार भित्रको हँसिया हथौडा चिह्नमा भोट हाल्न कार्यकर्तामा अन्योलता आउन नहुने भन्दै उनले गठबन्धनमा उम्मेदवारलाई अत्यधिक भोट हालेर जिताउन अपील गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *