वीरगन्ज :

रीमा कुमारी यादवको विजय अभियानमा दल परित्याग गर्दै एमालेमा सामेल हुनेहरूको ओइरो

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.9kViews
1359 Shares

वीरगंज,१२ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेससहित विभिन्न दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा काँग्रेस, जसपा, नेकपालगायत दल छाडेर एमाले रोज्नेहरूको लहर देखिएको हो। दिनहुँजसो भइरहेका पार्टी प्रवेश कार्यक्रमले पर्सा–२ मा एमाले संगठन बलियो बन्दै गएको राजनीतिक वृत्तमा चर्चा छ।

मंगलबार पर्सागढी नगरपालिका वडा नं. ६ निवासी नेपाली काँग्रेसका पूर्व वडाध्यक्ष प्रयाग पासवान औपचारिक रूपमा एमालेमा प्रवेश गरेका छन् । उनलाई आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, वीरगंज महानगर कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अली तथा बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेलीले खादा र अविरको टीका लगाएर स्वागत गरेका थिए।

यसैबीच, नेकपा निकट युवा संघ नेपालसँग आबद्ध युवा नेता तारकेश्वर चौवे पनि समर्थकसहित एमालेमा प्रवेश गरेका छन् । एमाले पर्साका सचिव महेश दासका अनुसार चौवेसँगै नेकपाका वीरगंज महानगर कमिटीका सहसचिव नागेश्वर यादव, कोषाध्यक्ष जयप्रकाश मण्डल लगायतका नेताहरूले पनि पार्टी प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, जिल्ला अध्यक्ष विशम्भर शर्मा, उपसचिव नविजान अन्सारी, क्षेत्र नं. २ की उम्मेदवार रीमा कुमारी यादव, संयोजक मनोज कुशवाह, प्रधुमन यादव लगायतले खादा–माला लगाएर स्वागत गरेका थिए।

त्यसैगरी, वीरगंज महानगरपालिका वडा नं. २५ निवासी नेपाली काँग्रेसका युवा नेता उमेश पटेल पनि मंगलबार नै एमालेमा प्रवेश गरेका छन् । यसअघि पनि जसपा नेपालबाट निर्वाचित मेयर, वडाध्यक्ष लगायत सयौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरिसकेको जनाइएको छ ।

पार्टी प्रवेशका क्रममा नवप्रवेशीहरूले पर्सा क्षेत्र नं. २ की उम्मेदवार रीमा कुमारी यादवलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसले फागुन २१ गतेकाे निर्वाचनमा एमालेकी उम्मेदवार रिमा यादवकाे जितकाे सम्भावना बलियाे हुँदै गएकाे छ ।वीरगंज, १२ फागुन ।
पर्सा निर्वाचन क्षेत्र नं. २ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक समीकरण तीव्र रूपमा परिवर्तन हुन थालेको छ। नेपाली काँग्रेस, जनता समाजवादी पार्टी तथा अन्य दल परित्याग गरी नेकपा एमाले रोज्नेहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। लगातार भइरहेका पार्टी प्रवेश कार्यक्रमले पर्सा–२ मा एमाले संगठन थप सुदृढ बन्दै गएको राजनीतिक वृत्तको विश्लेषण छ।
मंगलबार पर्सागढी नगरपालिका वडा नं. ६ निवासी नेपाली काँग्रेसका पूर्व वडाध्यक्ष प्रयाग पासवान औपचारिक रूपमा एमालेमा समाहित भएका छन्। उनलाई आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, वीरगंज महानगरपालिका कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अली तथा बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेलीले खादा र अविरको टीका लगाएर स्वागत गरेका थिए।
यसैक्रममा, नेकपा निकट युवा संगठनसँग आबद्ध युवा नेता तारकेश्वर चौवे पनि समर्थकसहित एमाले प्रवेश गरेका छन्। एमाले पर्साका सचिव महेश दासका अनुसार चौवेसँगै नेकपाका वीरगंज महानगर कमिटीका सहसचिव नागेश्वर यादव, कोषाध्यक्ष जयप्रकाश मण्डललगायत नेताहरूले पनि पार्टी सदस्यता लिएका छन्।
नवप्रवेशीहरूलाई स्वागत गर्न एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, जिल्ला अध्यक्ष विशम्भर शर्मा, उपसचिव नविजान अन्सारी, पर्सा क्षेत्र नं. २ की उम्मेदवार रीमा कुमारी यादव, संयोजक मनोज कुशवाह, प्रधुमन यादवलगायत नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
त्यस्तै, वीरगंज महानगरपालिका वडा नं. २५ निवासी नेपाली काँग्रेसका युवा नेता उमेश पटेल पनि मंगलबार नै एमाले प्रवेश गरेका छन्। यसअघि पनि जसपा नेपालबाट निर्वाचित मेयर, वडाध्यक्ष तथा सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश गरिसकेको पार्टी स्रोतले जनाएको छ।
पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरूले पर्सा–२ की उम्मेदवार रीमा कुमारी यादवलाई विजयी गराउन संगठनात्मक रूपमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बढ्दो जनसमर्थन र दल परित्यागको क्रमले फागुन २१ गते हुने निर्वाचनमा एमाले उम्मेदवारको जित सम्भावना थप बलियो बन्दै गएको संकेत देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *