
श्रेणी : BANNER
वीरगंज । मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा मंगलबारदेखि मानव बेचबिखन र मानव अधिकार सम्बन्धी रिपोर्टिङमा मल्टिमिडिया प्रविधिको प्रयोग विषयक ३ दिने तालिम सुरु भएकाे छ ।
अस्ट्रेलियन एडको सहयोग र नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजन) काे आयाेजनामा सुरु भएकाे तालिममा मधेश प्रदेशका विभिन्न जिल्लाका २० जना पत्रकारहरुकाे सहभागिता रहेकाे छ ।
पत्रकारहरूलाई खाेजमूलक मल्टिमिडिया स्टोरी उत्पादन गर्नका लागि खाेजमूलक मल्टिमिडिया रिपोर्टिङ प्रशिक्षण तथा मेन्टरसिपको सहायता प्रदान गर्ने उद्देश्यले तालिम आयाेजना गरिएकाे आयाेजक संस्था निमजनका रजनिश भण्डारीले वताए ।
तालिमले पत्रकारहरूलाई मानव बेचबिखन र मानव अधिकारका मुद्दाहरुको रिपोर्टिङमा सशक्त बनाउने निमजनकी विजिता भण्डारीले वताइन ।
सिताशरण हाेटलमा सुरु भएकाे तालिममा निजमनका रजनिश भण्डारी, दिनेश रेग्मी, उज्जवल शाक्य, विजिता भण्डारी, कल्पना भट्टराईले प्रशिक्षण दिइरहेका छन् ।
मंगलबार पहिलाे दिनकाे तालिममा शान्ति पुनस्थापना गृह जनकपुरकी कार्यक्रम संयाेजक रिना झाले पनि मानव बेचविखन र लैंगिक हिंसा सम्बन्धि स्टाेरीहरुकाे बारेमा जानकारी गराएकी थिइन । कालिका टाईम्स


प्रतिक्रिया