
श्रेणी : BANNER
वीरगंज । राष्ट्रिय वाणिज्य बैंककाे ५९ बार्षिकाेत्सवकाे अवसरमा शनिबार मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिता सम्पन्न भएकाे छ ।
राष्ट्रिय बाणिज्य बैंक मधेश प्रदेशिक कार्यालय र राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बिच बाराकाे प्रसाैनी गाउँपालिका वडा नं. ४ स्थित चण्डीमाई क्रिकेट ग्राउन्डमा भएकाे क्रिकेट प्रतियाेगितामा शाखा कार्यालय विजयी भएकाे हाे ।
सुरुमा शाखा कार्यालयका कप्तान नरसिंह नारायण यादले टस जितेर फिल्डिङ राेजेपछि ब्याटिङ गरेकाे प्रादेशिक कार्यालयले पुरै १६ ओभर खेल्दै २ बिकेटकाे नाेक्सानीमा १२० रन बनाएको थियाे । जसमा प्रादेशिक कार्यालयका कप्तान अशाेक यादवले १९ रन, बिबेक श्रीवास्तवले ३४ र राहुल ओझाले ५५ रन बनाएका थिए ।
त्यसपछि १२१ रनकाे लक्ष्यसहित जवाफी व्याटिङमा उत्रेका शाखा कार्यालयले १५ अेाभर मै ५ बिकेट गुमाउँदै लक्ष्य पुरा गरि विजयी भएकाे थियाे । जसमा शाखाका कार्यालयका अतिन्द्र राउतले ५९ रन, ओमप्रकास साहले १५ रन, नितेश कर्णले १३ रन र बिमल पुडासैनीले ४ रनकाे याेगदान दिएका थिए ।
प्रतियाेगिताकाे उद्घाटन राष्ट्रिय बाणिज्य बैंक मधेश प्रदेशिक कार्यालयका उपप्रमुख संध्या सिंहले गरेका थिइन । कालिका टाईम्स


प्रतिक्रिया