जनकपुर, १० चैत्र । सशस्त्र प्रहरी राैतहटले भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । राजदेवी नगरपालिकाको भारतसँग जोडिएको सीमानाका भई ब्रम्हपुरी हुँदै नेपाल प्रवेश गरेका दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ पचरुखी घर भएका राजकुमार सुढीलाई सशस्त्र प्रहरीले भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।
भारतबाट साइकल चढेर आउँदै गरेका सुढीलाई शनिबार अपरान्ह् चेकजाँच गर्दा आलुखुर्सानी राखेको नाइनलको झोलाभित्र पोका बनाएर राखिएको ३ लाख ७८ भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको उपरीक्षक बस्नेतले जनाएकाे छ ।

प्रतिक्रिया