वीरगन्ज :

रास्वपा पर्सा–३ को समिति पुनर्गठन, मनोज कुर्मी संयोजक चयन

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.5kViews
1134 Shares

बीरगन्ज,०५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले निर्वाचन क्षेत्र नम्बर ३ को समिति पुनर्गठन गर्दै मनोज कुर्मीलाई संयोजकमा चयन गरेको छ।

बीरगन्जको कन्ट्री इन होटलमा भएको कार्यक्रममा पोखरिया निवासी कुर्मीलाई जिम्मेवारी दिइएको हो। लामो समय शिक्षण पेशामा संलग्न रहँदै नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका कुर्मी एक वर्षअघि रास्वपामा प्रवेश गरेका थिए।

नवगठित सात सदस्यीय समितिमा उपसभापतिमा महेन्द्र नारायण दास र सुजित कुमार, सचिवमा राकेश गुप्ता तथा तीन जना क्षेत्रीय सदस्य चयन भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति हरि पन्तले क्षेत्रीय समिति पार्टीको मेरुदण्ड भएकाले यसले संगठनलाई थप सबल बनाउने बताए। उनका अनुसार पर्साका तीन क्षेत्रमा समिति गठन भइसकेको छ भने भदौ ७ गते ठोरीमा क्षेत्र नम्बर ४ को समितिसमेत गठन गरिनेछ।

जिल्ला सभापति पन्तको सभापतित्वमा सम्पन्न भेलामा केन्द्रीय सदस्य डा. नन्दन यादव, प्रदेश सदस्य सब्बु कँडेल, पुर्षोत्तम देव, प्रमोद सहनी, जिल्ला उपसभापति तुलसा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलीप कुर्मीलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *