श्रेणी : मधेस
      2.5kViews
      
      
      1799
      Shares
      
      
वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरमा निशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्र नम्बर ४ को आयोजनामा भएकाे शिविरमा १६५ जनाले लभान्वित भएकाे आयाेजकले जनाएकाे छ ।
वीरगंज सामुदायिक आँखा तथा दाँत अस्पतालको प्राबिधिक सहयोगमा भएकाे शिविरमा चेकजाँच गराएकामध्ये २५ जना भन्दा बढीमा मोतियाबिन्दुको लक्षण फेला परेको वीरगंज सामुदायिक आँखा तथा दाँत अस्पतालका मेडिकल संयोजक महेशसिंह धामीले जानकारी दिए । उनकाअनुसार मोतियाबिन्दु भएका बिरामीहरुको निशूल्क शल्यक्रिया पनि गरिनेछ ।
ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै शिविरको आयोजना गरिएकाे रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रले वताए ।
क्षेत्रिय सभापति मिश्रको अध्यक्षतामा भएकाे शिविरमा रास्वपा केन्द्रिय सदस्य डा नन्दन यादव, रास्वपा मधेश प्रदेश सदस्य हरि पन्त, जिल्ला संयोजक दिलिप कुर्मी, उप संयोजक तुलसा अधिकारी, प्रदेश सदस्य सब्बु कंडेल, सुदिस प्रजापती, संगठन बिभाग उप प्रमुख प्रमोद राय माझी, शिक्षा बिभागका सोना लाल पटेल लगायतकाे उपस्थिती रहेको थियो ।
शिविरमा महेश सिंह धामीको नेतृत्वमा आँखा र दन्तरोग विशेषज्ञ डा. अजय अस्थाना लगायतको टोलीले दाँत चेकजाँच गरेको थियो ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया