वीरगन्ज :

रास्वपा पर्सा क्षेत्र नं. ४ काे हाेली मिलन सम्पन्न

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.7kViews
1266 Shares

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ समितिकाे आयाेजनामा बिहिबार हाेली मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ स्थित मिर्जापुर बजारमा भएकाे कार्यक्रमका सहभागिहरुले अविरकाे टिका लगाई हाेलीकाे शुभकामना आदानप्रदान गरेका थिए । रास्वपा क्षेत्रीय सभापति जितेन्द्र मिश्रको अध्यक्षता र दलित समुदायको जेष्ठ नागरिक बनारसी महराकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।

साे कार्यक्रममा होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष एवम् केन्द्रीय पर्यटन बिभाग सचिव हरि पन्त, रास्वपा पर्सा सूचना प्रमुख तथा पर्सा क्षेत्र नं. २ को क्षेत्रीय सचिव सुदिश प्रजापति, बिज्ञान, संचार तथा सूचना प्रदेश प्रमुख प्रभात कुमार चौरसिया, पुर्व सई उमेश यादव, पुर्व हवल्दार मनबोध यादव, बिकी कुमार यादव, धर्मेन्द्र प्रसाद यादव, राजु यादव, राजकिरण यादव लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमको संचालन रास्वपा मधेश प्रदेश सदस्य कृष्ण पासवानले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *