वीरगन्ज :

रास्वपाका सांसदले दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सार्वजनिक

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सार्वजनिक भएको छ । मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले मागेको भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको हो ।

उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ सहयोग मागेको अडियो सार्वजनिक भएको थियो ।

उनको यो अडियो सार्वजनिक भएपछि पार्टीले कारबाहीको तयारी गरेको छ । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले अडियो आफूहरुले सुनेको र त्यसबारे सांसद श्रेष्ठलाई कारबाही प्रक्रिया थालिने बताएका छन् । श्रेष्ठले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *