
श्रेणी : राजनीति
165Views
0
Shares
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले अहिलेको सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने बताएका छन् । आइतबार काठमाडौंमा अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले अबको एक हप्तामा मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने कुरा स्पष्ट हुने बताए । उनले यतिबेला एमाले अध्यक्ष ओलीलाई कांग्रेस र एकीकृत समाजवादीले गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता बढेकोसमेत बताए । अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको आरोप लगाए । उनले
नयाँ पार्टीबाट जनतामा आशा जागेपनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको बताए ।

प्रतिक्रिया