वीरगन्ज :

राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी संघको वार्षिकोत्सवमा वरिष्ठ पूर्व कर्मचारीद्वय श्रेष्ठ सम्मानित

श्रेणी : मधेस

7 months
Pradeep Sah
1.9kViews
1896 Shares

वीरगंज (पर्सा), १८ भदौ । राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी संघ ईकाई समिति वीरगञ्जले आज एक कार्यक्रमको आयोजना गरेर २६ औँ वार्षिकोत्सव मनाएको छ । वणिज्य बैंकको प्रादेशिक कार्यलय वीरगंजको सभा कक्षमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै ८० वर्ष नाघेका दुई पूर्व कर्मचारीलाई सम्मान समेत गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक मधेश प्रदेश कार्यालयका प्रमुख कमलेश ठाकुर र वीरगंज शाखाका प्रमुख नरसिंह नारायण यादवे संयुक्त रुपमा वाणिज्य बैंक वीरगंजका वरिष्ठ पूर्व कर्मचारीद्वय रतन कुमार श्रेष्ठ र नारायणी देवी श्रेष्ठलाई दोसल्ला र कदर पत्रसहित सम्मान गरेका थिए । लामो समयदेखि काम गरेको संस्थाबाट यो उमेरमा आएर यसरी सम्मानित हुँदा खुसी लागेको पूर्व कर्मचारी नारायणी देवी श्रेष्ठले बताइन् । उनले संघको हकहितका लागि आफ्नो तर्फबाट हरसमभव प्रयास गर्ने बताइन् ।

कार्यक्रममा वक्ताहरुले आर्थिक अवस्था कमजोर भएका सदस्यहरुलाई सहयोग गर्न तथा सघलाई आर्थिक रुपमा सशक्त बनाउन कोष स्थापना गर्नुपर्ने कुरामा जोड दिएका थिए । यस्तै आफूले गरेको कार्य अवधिमा सिकेको सिपलाई आगामी दिनमा कसरी प्रयोग गर्ने विषयमा छलफल गर्नुपर्ने बताएका थिए ।

राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी संघका अध्यक्ष महेन्द्र दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका सचिव जयसुदन श्रेष्ठ, वाणिज्य बैंकका पूर्व क्षेत्रीय प्रबन्धक राजेन्द्र जैसवाल, पूर्व कर्मचारी मृनाल अधिकारी, राजु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *