वीरगन्ज :

राष्ट्रिय परिचयपत्र बनाउन लाइनमा बसेका वृद्धको मृत्यु

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
1.7kViews
1775 Shares

सल्यान,१४ चैत । राष्ट्रिय परिचयपत्र बनाउन लाइनमा बसेका एक वृद्धको बिहीबार मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका-७ का ७० वर्षीय टीकाराम वलीको जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र बनाउने क्रममा लडेर मृत्यु भएको हो ।
mad
बिहीबार बिहान ११:५० बजे लाइनमा बसेका वली लडेपछि टाउकोमा गम्भीर चोट लागेको थियो । जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा दिउँसो १२:५५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको ‍छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *