२०८२ बैशाख ६, शनिबार

वीरगन्ज :
१४:०३:०९

राष्ट्रिय परिचयपत्रका आधारमा बैंक खाता खोल्न सकिने: राष्ट्र बैंकको निर्देशन

श्रेणी : अर्थ

3 months
Pradeep Sah
3.0kViews
1264 Shares

काठमाडौं,२८ पुस । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रिय परिचयपत्रका आधारमा सहज रूपमा खाता खोल्ने व्यवस्था गर्न निर्देशन दिएको छ। यसअघि जारी एकीकृत निर्देशनलाई पुनः स्मरण गराउँदै केन्द्रीय बैंकले सार्वजनिक सूचना मार्फत सबै बैंक तथा वित्तीय संस्थाहरूलाई यो प्रक्रिया कार्यान्वयनमा ल्याउन आग्रह गरेको हो।

राष्ट्रिय परिचयपत्रको पहुँचलाई सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै जिल्ला प्रशासन कार्यालयहरूमा यसको वितरणको व्यवस्था गरेको छ। काठमाडौं उपत्यकामा पनि स्थायी कार्यालयहरूसँगै अस्थायी शिविरमार्फत परिचयपत्र वितरण भइरहेको सूचनामा उल्लेख छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आफ्नो पोर्टलमार्फत नागरिकले परिचयपत्रको नम्बर र आवेदनको स्थिति हेर्न मिल्ने व्यवस्था गरेको छ। यस पोर्टलको माध्यमबाट परिचयपत्र नम्बर जानकारी लिएर बैंक खाता खोल्न ग्राहकलाई थप सहजीकरण गर्न निर्देशन दिइएको केन्द्रीय बैंकले जनाएको छ।

बैंकिङ प्रणालीलाई अझै डिजिटल र पहुँचयोग्य बनाउने उद्देश्यसहित, यो नयाँ व्यवस्थाले वित्तीय समावेशीकरणमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। बैंक खाता खोल्नका लागि आवश्यक कागजातको झन्झट कम गरी राष्ट्रिय परिचयपत्रलाई एकमात्र परिचयपत्रको रूपमा मान्यता दिन यो कदम महत्वपूर्ण हुनेछ।

राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई यो व्यवस्था तत्काल लागू गर्न र नागरिकलाई डिजिटल पहिचानको माध्यमबाट वित्तीय सेवाहरूमा सहज पहुँच दिन आवश्यक तयारी गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *