वीरगन्ज :

राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको छः राष्ट्रपति

श्रेणी : BANNER

2 years
birgunj report
48Views
0 Shares

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान अवस्थामा नेपाली अर्थतन्त्रले गम्भीर प्रकारका चुनौतीको सामना गरिरहेको बताएकी छन् ।

बिहीबार बुटवलमा १५ औं औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अहिले आयातमाथि नेपालको निर्भरता विस्तार भएको र यसबाट विदेशी मुद्राको संञ्चितिमा चाप परेको बताइन् ।

राष्ट्रपतिले मुलुकको व्यापार घाटा कम गर्न कृषि उत्पादन बढाउने देखि पर्यटन प्रवद्र्धनका योजनाहरु अगाडि सार्नुपर्ने बताइन् ।

उनले भनिन्,‘हामीले यी चुनौती पार पाउन स्वालम्बी अथतन्त्रको विकासलाई मुलभूत उद्देश्य बनाउनुपर्छ। मुलकको व्यापार घाटा तत्काल कम गर्न कृषि उत्पादन बढाउने, वनपैदावार, जडिबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवद्र्धन र जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीति अवलम्ब गर्नु अतिआवश्यक छ।’

उनले स्थानीय तहलाई खेतीयोग्य जमिन बाझो नराख्ने नीति अवलम्ब गर्न समेत आग्रह गरिन् ।

बाँझो जमिन नराख्ने नीति स्थानीय तहले बनाउनुपर्ने र युवा जनशक्ति तथा किसानलाई उत्प्रेरित गर्न उद्योगी व्यवसायीसँग मिलेर कामगर्नुपर्ने उनको भनाइ थियो। यसो भएमा केही वर्षभित्र व्यापार घाटा कम गर्दै लैजाने आधारहरु निर्माण हुने उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *