वीरगन्ज :

राष्ट्रियसभा बैठकमा एमालेको अवरोध कायमै

श्रेणी : BANNER

2 years
birgunj report
94Views
0 Shares

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा बैठकमा आज पनि अवरोध गरेको छ । आइतबार बैठकको सुरुमै एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म बैठकको कारबाही अघि बढाउन नदिने बताइन् ।

उनले प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक आधार नभएको भन्दै प्रधानमन्त्रीबाट प्रचण्डको बहिर्गमन नभएसम्म सदनमा आफ्नो दलको अवरोध कायमै रहने बताइन् ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठकलाई अगाडि बढाउन सहयोग गर्न एमालेका सांसदहरूलाई आग्रह गरेका थिए । तर, एमालेका सांसदहरूले भने बैठकमा उठेर विरोध जनाइरहे । एमालेले बुधबार यता लगातार राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *