वीरगन्ज :

राष्ट्रियसभा उपाध्यक्षका लागि अन्य राजनीतिक दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

श्रेणी : BANNER

2 years
birgunj report
62Views
0 Shares

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका प्रमुख सचेतक रमेश लेखकले नेपाली काँग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने जानकारी दिए । संसद भित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताए ।

उनले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा काँग्रेस रहेको बताए । प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले सोही अनुसार वार्ताका लागि बोलाए काँग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको बताए ।

उनले प्रधानमन्त्री सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रस्ताव र एजेण्डा बाहिरिएपछि काँग्रेस छलफलका लागि जाने बताए । लेखकले नेपाली काँग्रेस राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *