वीरगन्ज :

राष्ट्रियसभा उपनिर्वाचनका लागि दल दर्ता गर्न आव्हान

श्रेणी : राष्ट्रिय

3 years
birgunj report
20Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा उपनिर्वाचनका लागि दल दर्ता आव्हान गरेको छ । आयोगले आइतबार सूचना जारी गरी सोमबारदेखि पुस २८ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची– १२ बमोजिमको ढाँचामा निवेदन माग गरेको छ ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त एक सिटका लागि माघ २५ गते उपनिर्वाचनको मिति तोकिसकिएको छ । लुम्बिनीबाट निर्वाचित एमालेका सांसद खिमलाल भट्टराईले चुनाव लड्न राजीनामा दिएपछि राष्ट्रियसभामा एक सिट खाली छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *