श्रेणी : प्रदेश
चितवन, ११ पुस । ष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा कामकाजका लागि आवश्यक बिजनेस प्राप्त गर्न असफल भएको भन्दै सरकारले सदनलाई पर्याप्त बिजनेस दिनुपर्नेमा जोड दिएका छन्।
आज स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका कार्यालय प्रमुखहरूसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले कानुन निर्माणको प्रक्रिया जनचाहनाअनुसार हुन नसकेको र थन्किएका कानुनको अवस्था चिन्ताजनक रहेको बताए। उनले भने, “कानुन निर्माणको काम ढिलो र प्रभावहीन भएको छ, र बनेका कानुनसमेत थन्किएर राखिएका छन्।”
अध्यक्ष दाहालले आगामी दिनमा तीन तहका सरकारबीच समस्याहरूको समाधान गर्न सातै प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहसँगको छलफलबाट मात्रै सम्भावना रहेको बताएको छ। उनले स्थानीय तहसँगको समन्वय र संवादमा कमी भएको अनुभव व्यक्त गरे।
प्रतिक्रिया