वीरगन्ज :

राष्ट्रलाई घाटा हुने गरी दूरसञ्चार ऐन बन्दैनः संचारमन्त्री शर्मा

श्रेणी : BANNER

2 years
birgunj report
16Views
0 Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेललाई छुट दिनेगरी सरकारले दूरसञ्चार ऐन नल्याउने बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै संचारमन्त्री शर्माले राष्ट्रलाई घाटा हुनेगरी ऐन बन्न नसक्ने बताएकी हुन् ।

उनले संसदका सबै सदस्यहरूको राय सुझावसहित मात्र ऐन बन्ने भन्दै हल्लाको पछाडि नलाग्न सांसदहरूलाई आग्रह गरिन् । उनले भनिन्, ‘कुनै सेवा प्रदायक कम्पनी खारेज हुन खोज्दैछन् तर, सरकार जोगाउन खोज्दैछ भन्ने कुरा बाहिर चर्चा परिचर्चा भएका छन् । नियम कानुन बाहिर गएर कुनै काम गर्दैनौं । राष्ट्रलाई घाटा हुने गरी ऐन बन्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *