
श्रेणी : अन्तर्राष्ट्रिय
चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङमा कम्युनिस्ट पार्टीको ऐतिहासिक कङ्ग्रेस सुरु गर्दै आफ्नो शून्य कोभिड रणनीतिको बचाउ गरेका छन् ।
शून्य कोभिडलाई उनले भाइरसको फैलावट रोक्न गरिएको पूर्ण आकारको जनताको लडाइँ भएको बताए । सीले चीनको राजनीतिक संस्थापनका विभाजनलाई उदृत गर्दै उनको शासनले पार्टीमा गम्भीर अदृश्य खतराहरूलाई हटाएको बताए ।
सीले ताइवानको विषयलाई समेत सम्बोधन गरेका छन् । उनले बेइजिङले बल प्रयोगलाई अस्वीकार गर्ने बाचा कहिल्यै नगर्ने र त्यस हाम्रो देशको पूर्ण एकता महसुस गर्नैपर्ने र त्यसो हुने बताए ।
हङकङका विषयमा सीले त्यहाँ नियन्त्रण कायम गर्दै भद्रगोलबाट शासनको अवस्था सिर्जना गरेको बताए । बेइजिङले उक्त भूभागमा सन् २०१९ मा भएका प्रजातन्त्र पक्षधर प्रदर्शनहरूपछि कडा राष्ट्रिय सुरक्षा कानुन लागु गरेको छ ।

प्रतिक्रिया