वीरगन्ज :

राष्ट्रपति र उपराष्ट्रपतिको सल्लाहकार सरकार नै भएकाले अरु सल्लाहकार चाहिँदैनः सांसद पन्त

श्रेणी : BANNER

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिले सल्लाहकार राखेर जनताले तिरेको करको दुरुपयोग गरेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गर्दै सांसद पन्तले राष्ट्रपति र उपराष्ट्रपतिको सल्लाहकार सरकार भएकाले अरु सल्लाहकार आवश्यक नभएको बताएका हुन् । उनले उपराष्ट्रपतिलेसमेत विदेश मामिलामा सल्लाहकार राखेको भन्दै आपत्ति जनाए ।

उनले भने,’कानुनमा राष्ट्रपतिका ७ जना उपराष्ट्रपतिका लागि ५ जना सल्लाहका राख्ने प्रावधान छ। उपराष्ट्रपतिजीले विदेश सल्लाहकार राख्नुभएछ, बडा गज्जब छ, उपराष्ट्रपतिलाई विदेश मामिलामा सल्लाह दिन के आवश्यक पर्छ ? सल्लाहार राष्ट्रपतिलाई पनि पर्दैन।’

उनले उपराष्ट्रपति पदेन राष्ट्रियसभाको अध्यक्ष हुनुपर्ने व्यवस्था गर्न माग गरे । उनले राष्ट्रिय सहमति गरेर खर्च कटौतीका लागि कानुन संशोधन गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *