वीरगन्ज :

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू, के गर्न पाइँदैन ?

श्रेणी : BANNER

2 years
birgunj report
65Views
0 Shares

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । आचारसंहिता चैत ५ गतेसम्म कायम रहने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिको फागुन २५ र उपराष्ट्रपति चयनका लागि चैत ३ गते निर्वाचन हुँदैछ । निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् । संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनमा सङ्घीय संसदमा हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कुल आठ सय ८२ मतदाता रहेका छन् ।

आयोगको निर्णयबमोजिम निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था तथा त्यसका कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *