
श्रेणी : BANNER
71Views
0
Shares
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उपचार गराएर
डिस्चार्ज भएको केही दिनमै उनलाई फेरि समस्या देखिएको हो । राष्ट्रपति पौडेल गत वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार
गराएर फर्किएका थिए ।


प्रतिक्रिया