श्रेणी : समाचार
8Views
0
Shares
काठमाडौँ । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिने भएको छ । पौडेललाई आज बिहान साढे श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिने भएको हो ।
परिवारकै आग्रहमा पौडेललाई नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा लैजान सरकारले तयारी गरेको हो । छातीमा संक्रमण देखिएर उनी गत साता तीन दिन अस्पताल बसेर फर्केका थिए । मंगलबार असहज भएपछि उनलाई पुनः त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
प्रतिक्रिया