वीरगन्ज :

राष्ट्रपति पौडेलद्वारा आज संसद्को संयुक्त बैठकमा महत्वपूर्ण सम्बोधन हुने

श्रेणी : प्रदेश

17 hours
Pradeep Sah
2.8kViews
1778 Shares

काठमाडौँ,२७ चैत । रामचन्द्र पौडेल ले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालय ले जनाएको छ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले सङ्घीय संसद्को कुनै एक सदन वा संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्।

यसैबीच, आज रातिदेखि सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसमा राष्ट्रपतिले चैत २७ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छन्।

सरकारले हिउँदे अधिवेशन अन्त्य गरी आगामी बजेट अधिवेशनको तयारीका लागि यो कदम चालेको जनाएको छ। नेपालको संवैधानिक व्यवस्था अनुसार संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने अधिकार राष्ट्रपतिमा रहने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *