श्रेणी : BANNER
30Views
0
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
आइतबार अस्पतालले विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो । राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिए ।
यसअघि मुटुमा समस्या देखिएपछि गत मंगलबार राष्ट्रपति पौडेलले महाराजगञ्जस्थित गंगालाल अस्पतालमा उपचार गराएका थिए ।
प्रतिक्रिया