वीरगन्ज :

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

श्रेणी : BANNER

2 years
birgunj report
47Views
0 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने र तटस्थ बस्ने सर्वसम्मत निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

उनले भने, ‘राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने, तटस्थ बस्ने सर्वसम्मत निर्णय गरेको छ ।’

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेले सुवास नेम्वाङ उम्मेदवार छन् । सरकारमा सहभागी भएको राप्रपा एमाले–माओवादी गठबन्धन भत्किएर अर्को गठबन्धन बनेसँगै सरकारबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *