वीरगन्ज :

राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता आज

श्रेणी : समाचार

2 years
birgunj report
84Views
0 Shares

काठमाडौं । आज राष्ट्रपति उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

आजै अपराह्न ४ बजेभित्र मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ भने फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने र साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ ।

नेपालको राष्ट्रपतिको निर्वाचन प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । राष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्को तीन सय ३१ र सातै प्रदेशका प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८१ कायम छ । राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *