
श्रेणी : समाचार
16Views
0
Shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा तिहारका अवसरमा सोमबार देउसीभैलो कार्यक्रम गरिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा सांस्कृतिक संस्थाले आयोजनामा देउसीभैलो कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत/सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गरेकी थिइन् । राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष देउसी भैलो खेल्ने गरिन्छ ।

प्रतिक्रिया