वीरगन्ज :

राष्ट्रपति उम्मेदवारबारे एउटै धारणा बनाउन सत्ता साझेदार चार दल छलफलमा

श्रेणी : राजनीति

2 years
birgunj report
42Views
0 Shares

काठमाडौं । सरकार संचालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन छलफल भइरहेको बताइएको छ । यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो। जसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जसपा उपस्थित भएनन् । ती दल आजको बैठकमा पनि सहभागी भएका छैनन् ।

फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको चुनाव हुँदै छ। सत्ता साझेदार दलबीच नै राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत देखिएका छैनन् । एमालेले आफ्नो पार्टीबाट उम्मेदवार उठाउने बताइरहेको छ भने प्रधानमन्त्री भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *